Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्डमा पक्राउ

बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्डमा पक्राउ

  • काठमाडौं । पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इंग्ल्याण्डमा पक्राउ परेका छन् । कुरा अगस्त ३ को हो, अहिले यो जानकारी बाहिर आएको छ । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) को एक हिस्सा हुन् ।

    images
    images
    images

    गत ३ अगस्टमा उनले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेल खेल्दै थिए । त्यसपछि ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको हो । पछि उनी जमानतमा रिहा भए पनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ ।

    images

    यो घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई निलम्बन गरेको छ । रिपोर्टका अनुसार हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन् ।

    पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक प्रवक्ताले भने, ‘हामीलाई गिरफ्तारीको बारेमा जानकारी दिइएको थियो । हैदरलाई अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ, र हामी बेलायतमा आफ्नै अनुसन्धान गर्नेछौं । बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्नेछ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij