Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

‘ओली राष्ट्रको आवश्यकता हो, विकल्प होइन’: पाण्डे

‘ओली राष्ट्रको आवश्यकता हो, विकल्प होइन’: पाण्डे

  • काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको आवश्यकता भएको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको बताएका हुन् ।

    images

    चौतारीको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले भने, “अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ ।”

    उनले प्रविधि र न्यू मिडिया मैत्री पत्रकारितालाई युगको आवश्यकता बताउँदै समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने तथा विश्वाससहितको सूचना प्रवाह गर्ने पत्रकारिता नै प्रेस चौतारीको मूल लक्ष्य भएको स्पष्ट पारे ।

    “त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर्छ । नेपाली पत्रकारिताको दिशा–निर्देशन गर्ने क्षमता र योग्यता हामीसँग छ, र यसलाई निरन्तरता दिनेछौं,” उनले जोड दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij