Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रवि लामिछानेलाई विभेद नगरेको भैरहवा कारागारको दाबी

रवि लामिछानेलाई विभेद नगरेको भैरहवा कारागारको दाबी

  • काठमाडौँ । जिल्ला कारागार भैरहवाले रवि लामिछानेलाई विभेद नगरी सुबिधा उपलब्ध गराएको स्पष्ट गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विभिन्न पत्र पत्रिकामा कारागारमा विभेद गरिएको समाचार प्रकाशित भएको भन्दै कारागार प्रशासक सुरेश भण्डारीले कार्यालयको गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।

    AGNI GROUP

    भण्डारीले समाचारमा प्रकाशित तस्विर यस कारागार भित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको स्पष्ट गरेका छन् ।

    उनले भनेका छन्- 'सहकारी ठगी सम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि पूर्व उपप्रधानमन्त्री तथा हाल निलम्वनमा रहनु भएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने यस कारागारमा रहनु भएको छ। उहाँको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ ।

    कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ। अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

    उहाँले चाहेको खण्डमा मात्र बाहिरवाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ।'भण्डारीले सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिन र कार्यालयसँग आधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिन आग्रह समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij