
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौँ । जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुने ३ सदस्यीय नेपाली जुडो टोलीलाई बिदाइ गरेका छन् ।
अगष्ट १५ देखि १९ तारिखसम्म जोर्डनको अम्मान हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुनेछन् ।
सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij