Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेटवार्ता

विपिनकी आमाले भेटिन् इजरायली राष्ट्रपति

विपिनकी आमाले भेटिन् इजरायली राष्ट्रपति

  • काठमाडौँ । हमासमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जोशीले इजरायली राष्ट्रपति इसाक हरजगसँग भेटवार्ता गरेकी छन् ।  

    onlinepatrika
    Arghakhachi

    आइतबार विपिनकी आमा पदमा जोशी,बहिनी पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धन प्रसाद पण्डितले आज इजरायली राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

    AGNI GROUP

    भेटवार्तामा विपिनकी आमाले छोराको शीघ्र रिहाइको लागि पहल गरिदिन इजरायली राष्ट्रपति समक्ष आग्रह गरेकी छन्। यस्तै विपिनकी बहिनी पुष्पाले आफ्नो दाजु(विपिन) एक विद्यार्थीको रूपमा इजरायल आएको बताउँदै रिहाइका लागि हरसम्भव पहल गर्न आग्रह गरिन् । 

    त्यस अवसरमा राजदूत पण्डितले समेत पुनः विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गरे । राष्ट्रपतिले हरजगले विपिन आफ्नै नागरिक जस्तो लागेको बताउँदै रिहाइको लागि सरकारले प्रयास गरिरहेको बताए । 

    आजै उनीहरुले इजरायली संसद्का अध्यक्ष अमिर ओहनासँग समेत भेटघाट गरी बिपिन जोशीको रिहाइको लागि आग्रह गरेका थिए ।  

    एक साताअघि विपिनका आमा पदमा र बहिनी पुष्पा इजरायल गएका थिए । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले उनीहरुलाई आफ्नो देश लगेको हो। 

    ‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि‍।सं। २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij