Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

कर्मचारी निकालेको क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलरको जरिवाना

कर्मचारी निकालेको क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलरको जरिवाना

  • काठमाडौं । अष्ट्रेलियाको एक अदालतले कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड वर्करहरूलाई अवैध रूपमा बर्खास्त गरेको मामिलामा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलर जरिवाना लगाएको छ ।

    images
    images
    images

    बीबीसीका अनुसार, अष्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले यस निर्णयलाई स्वागत गरेको छ । फेयर वर्क एक्ट अन्तर्गत कुनै अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना रहेको युनियनले जनाएको छ ।

    images
    संघीय अदालतका न्यायाधीश माइकल लीले यो सजायँ अरू कम्पनीहरूका लागि पनि एउटा उदाहरण बन्ने बताए । क्वान्टास एयरलाइन्सले अदालतले तोकेको जरिवाना तिर्ने प्रतिक्रिया दिएको छ ।

    कम्पनीले यस निर्णयले आफ्ना कर्मचारीहरूलाई नोक्सान पुर्‍याउने कामबापत आफूलाई जिम्मेवार ठहराएको पनि बताएको छ ।

    क्वान्टास ग्रुपकी सीईओ भानेसा हडसनले भनिन्, ‘हामी १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारीहरू र उनका परिवारहरूसँग माफी माग्छौं, जसले यो दुःख सहनुपर्‍यो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij