Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने ट्रम्पको घोषणा

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने ट्रम्पको घोषणा

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसबाट जोगाउन अमेरिकी सेना पठाउने योजना नरहेको स्पष्ट पारेका छन् । मंगलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा ट्रम्पले युक्रेनको नाटो प्रवेश र क्रिमियाको फिर्ता पाउने आशा ‘असम्भव’ भएको बताए । उनले भने, ‘यी दुवै कुरा असम्भव छन् ।’

    images
    images
    images

    गत हप्ता अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे पुटिन खुला रहेको बताए । तर मंगलबारको अन्तर्वार्तामा उनले अमेरिकी सेना युक्रेनको सिमाना सुरक्षा गर्न नजाने प्रस्ट पारे ।

    images

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भने, ‘कुनै पनि शान्ति मिसन अन्तर्गत अमेरिकी सेना जमिनमा रहने छैन ।’

    सोमबार ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताबिच ह्वाइट हाउसमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता भएको थियो । ट्रम्पले भने, ‘आवश्यक परेमा त्रिपक्षीय बैठक हुनेछ, तर पहिले पुटिन र जेलेन्स्की आमनेसामने हुनेछन् ।

    ट्रम्पले आगामी दुई हप्तामा पुटिनको निर्णय स्पष्ट हुने विश्वास व्यक्त गर्दै भने, ‘मलाई लाग्छ पुटिन यस युद्धबाट थकित हुनुहुन्छ, सबै थकित छन् । तर के हुन्छ भन्ने दुई हप्ताभित्रै पत्ता लाग्छ  ।’

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij