
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौं । बागलुङको गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
दुर्घटनामा परेर १८ वर्षीया सुस्मिता बिक, १८ वर्षीया प्रमिला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए ।
घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति नै दुर्घटनाको कारण रहेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij