
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४टि–२० ब्वाइजओपन क्रिकेट टुर्नामेन्टहुने भएको छ । टुर्नामेन्टभाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने छ ।
नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरणर सेमि फाइनल खेल सिफलग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।
राइजिङ स्टार एकेडेमीकाअध्यक्ष सुनिल अमात्यले उमेर समूहका खेलाडीले नै नेपालीक्रिकेटको भविष्य निर्धारण गर्ने भएकाले यु–१४क्रिकेट आयोजना गरेको बताए । प्रतियोगिताको फाइनल खेल तल्लो वा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने छ ।
प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टरबाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुनेछन् ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई टिमक्वार्टर फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij