Logo

Aug 29 2025 | २०८२, भदौ १३ गते

Aug 29 2025 | २०८२, भदौ १३ गते

चीन जानुअघि प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने

चीन जानुअघि प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणबारे सदनलाई जानकारी दिने कार्यसूची तय भएको हो ।

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी दिनेछन् ।

    images

    यसैबिच संसद्को आगामी बैठक र कार्यसूचीबारे पनि छलफल भएको छ । पाण्डेका अनुसार १३ गतेपछि १८ गते, २५, २६ र २७ भदौमा बैठक गर्ने सहमति भएको छ ।

    उनले भने, ‘संसद्को आगामी बैठकको कार्यसूचीबारे छलफल भयो । भाद्र महिनाभर कार्य तालिका कसरी लैजाने भन्नेबारेमा पनि छलफल भएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट