
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौँ । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij