Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

  • काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान भएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    images
    images
    images

    भदौ २०२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बोलाइएको उनले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ । केन्द्रीय सचिवालयमा सबै दस्ताबेज प्रस्ताव गरेर विधान महाधिवेशनमा जाने कुरा हुन्छ, उनले भने ।

    images

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली चीन भ्रमणबाट भदौ १८ गते फर्कनेछन् । १९ गते सचिवालय बैठक बोलाइएको हो ।

    केन्द्रीय कमिटी बैठक बस्ने चर्चा थियो । समय अभाव भएकाले पनि केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको उनले बताए । हामीले यसअघिको केन्द्रीय कमिटी बैठकको सुझाव लिइसकेका छौँ । विधान महाधिवेशनका प्रतिनिधि सार्वभौम हुनुहुन्छ । आफ्ना कुरा त्यही राख्न सक्नुहुन्छ, गौतम भन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij