Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

  • काठमाडौं । जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारवाला पक्षहरुबीच छलफल भएको छ ।

    AGNI GROUP

     छलफलमा बजारको अनुगमन, बजारमा उपलब्ध गराइने सामानहरुको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल गरिएको छ । साथै प्रत्येक वर्ष भन्दा केही नौलोपन ल्याउनेमा जोड दिइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिन सहभागीहरुले जोड दिएका छन् ।

    छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले ४० वर्ष देखि निरन्तर लाग्दै आएको सस्ता बजारमा यस वर्ष थप व्यवस्थित र यस क्षेत्रबाट उत्पादन हुने साबुन, अगरबत्ति, डिटरजेन्ट पाउडर, खाद्य पदार्थ लगायतका उत्पादनहरु किनबेचका लागि राखिने जानकारी दिए ।

    अध्यक्ष भण्डारीले असोज ६ गते घटस्थापनाकै दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा दशैँ बजार (सस्ता बजार) लाग्ने बताए । छलफलमा आगामी दिनमा जनकपुरधाममा रात्रिकालिन बजार लगाउने बारे वातावरण मिलाउन सम्बन्धीत निकायहरुसंग पहल अगाडि बढाउने बारे चर्चा गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij