Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

अख्तियारको नाममा धम्क्याउने दुई अनुहार

अख्तियारको नाममा धम्क्याउने दुई अनुहार

  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनि धम्काई अपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-८ बस्ने डोटी घर भएका २७ वर्षीय लक्ष्मण पनेरू र काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने झापा घर भएका ५४ वर्षीय विनोद साह रहेका छन् ।

    AGNI GROUP

    उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै टोखा नगरपालिका-८ बस्ने पीडितलाई तपाई लगायत तपाईको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको सूचना प्राप्‍त भई हामीले अनुसन्धान गरी रहेका छौँ र उक्त कारवाहीबाट बच्न १ करोड रकम दिएमा फाईल बन्द गरीदिन्छौ नत्र सबैलाई जेल हाल्छौ भनि योजनाबद्ध ढंगले डर त्रास देखाई धम्काएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, मोबाइल ४ थान र १ गाडी १ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij