Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले राजीनितिक परिवर्तन पश्चात जतिपनि उपलब्धी हासिल भएका छन् त्यो निजामती कर्मचारीहरुको साथबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् ।

    AGNI GROUP

    उनले भनिन्,‘संसारका विकसित देशहरुको दाँजोमा हाम्रो देशलाई पुर्याउन सकिन्छ । आज हामीले राजीनितिक परिवर्तन गरिसकेपछि जतिपनि उपलब्धी हासिल गरेका छौं । निजामती कर्मचारीहरुले साथ नदिएको भए त्यो उपलब्धी पनि हासिल गर्न सक्ने थिएनौं । त्यसैले अब जति उपलब्धी हासिल गर्नुपर्ने छ ,त्यसमा कर्मचारीहरुको योगदान धेरै आवश्यक छ । कर्मचारीहरु यो देशविकासको र समृद्धिको मेरुदण्ड हुन् ।’

    त्यस्तै उनले चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताइन् । निवेदन लेखेर नभई कर्मचारीले अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्ने पर्नेमा उनले जोड दिईन् ।

    उनले भनिन्,‘कर्मचारी सरुवा गरिदिन प¥यो भन्ने, मलाई यहाँबाट त्यहाँ पुर्याइदिन प¥यो भन्ने त्यो भीड देखिसकेपछि अब अन्त्य गर्नुपर्छ कि पर्दैन् ? भौतिक रुपमा कर्मचारीहरु आफै आएर सरुवा गरिदिन पर्यो,मलाई यहाँ जाँदा न्याय हुन्छ भन्ने परिस्थितिको कहिले अन्त्य हुन्छ ?त्यसैले एउटा त्यस्तो सिस्टमको विकास गर्नुपर्छ । चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्नपर्छ । त्यो सिस्टमको विकास गर्नुपर्छ । अब निवेदन लेखेर होईन अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्छ ।’ मन्त्री न्यौपानेले जनतालाई केन्द्रभारमा राखेर काम गर्न आवश्यक रहेको बताईन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij