Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सामाजिक सञ्जाल ग्लोबल डायरी सञ्चार मन्त्रालयमा सूचीकरण

सामाजिक सञ्जाल ग्लोबल डायरी सञ्चार मन्त्रालयमा सूचीकरण

  • काठमाडौं । सामाजिक सञ्जाल ग्लोबल डायरी पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएको छ । नेपालमा सञ्चालनमा रहेका अनलाइन र सामाजिक सञ्जाल प्लेटफर्म मध्ये ग्लोबल डायरी सूचीकरण भएको मन्त्रालयले जनाएको हो । यो सँगै सूचीकरण हुने सामाजिक सञ्जालको संख्या ६ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi
    मन्त्रालयले २ वर्ष अघि जारी गरेको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सक्रिय सबै अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालले अनिवार्य रूपमा दर्ता भई सूचीकरण गर्नुपर्ने व्यवस्था अनुसार सूचीकरणमा आएको हो ।

    निर्देशिका अनुसार सूचीकरण भएपछि प्लेटफर्मले नेपालमा कानूनी रूपमा सेवा सञ्चालन गर्न सक्नेछन् । सूचीकरण नगरी सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई भने नेपालमा गत बिहीबारदेखि निश्क्रिय पारिएको छ । अहिलेसम्म भाइबर, टिकटक, विटक, निम्बज, पोपो लाइभ, हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij