
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । बुधबार बिहान डडेल्धुरा कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गरी ८५ जना भागेका छन् । जेलर सन्तोष भट्टका अनुसार तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर पुनः कारागारमै राखिएको छ । कारागारमा नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा कडा गरिएको छ ।
तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जनाइएको छ । हाल कारागारमा १२७ कैदी रहेका थिए । घटना भएपछि स्थानीय प्रशासनले डडेल्धुरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij