
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डका अभियुक्त पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका नेता टोपबहादुर रायमाझी समेत कारागारबाट भागेका छन् ।
हाल टोपबहादुर केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धाराको भद्र बन्दी गृहमा सजाय भुक्तान गरिरहेका थिए । मंगलबार अन्य कैदी बन्दी भागेपछि उनीहरूसँगै टोपबहादुर समेत भागेका हुन् ।
यता सोही काण्डमा जेलमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे समेत जेलबाट भागेका हुन् । मंगलबार जेन–जी प्रदर्शनका क्रममा धेरै जेलबाट कैदी बन्दी भागिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij