Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका छन् ।
देशको नेतृत्व लिन भन्दै काठमाडौँ आएका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै आफु र बालेनले आफुले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका हुन् ।
उनले भनेका छन्-'शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र ? यो सब गलत हो !'उनले नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफु नेतृत्व लिन तयार रहेको बताएका छन् ।
साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij