Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

  • काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ । भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    साथै, फरार १२ जना कैदीहरू आफैं फर्की कारागारमा हाजिर भएका छन् । यता, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै सुरक्षा निकायसँग झडप गरेका थिए । उक्त झडप नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा १२ जना कैदी घाइते र २ जनाको मृत्यु भएको छ ।

    AGNI GROUP

    यसैबीच, काभ्रेपलान्चोकको बनेपा९ स्थित नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियारहरू समेत बरामद भएको नेपाली सेनाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij