Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ अझै बाहिरै

देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ अझै बाहिरै

  • काठमाडौं । Gen-Z आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १ हजार ४५५ आउने र पुन: पक्राउ गरी फर्काइएको छ । अझै १२ हजार ८५२ जना कैदीबन्दी बाँकी छन् । घिमिरेका अनुसार भागेका ५७३ जना थुनुवाको पनि खोजी भइरहेको छ ।

    AGNI GROUP

    अधिकांश युनिटका टोली काममा फर्किसकेका छन् ।

    घिमिरेले भने, ‘भागेका सबैलाई खोज्ने उर्दी गरिसकेका छौं । हामी सम्पर्क विच्छेदजस्तै अवस्थामा छौं । बरु कहीँ कतै केही भए सर्वसाधारणले हामीलाई सूचना दिनुहोला ।’

    प्रकरी कार्यालयमा गएर तोडफोड, आगजनी र हतियार खोस्ने हुन थालेपछि प्रहरी ज्यान जोगाउन युनिट छाडेर हिँडेका थिए । हिजो बुधबार पनि बिहानैदेखि कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजारस्थित कारागारको स्थिति तनावग्रस्त भयो ।

    देशका अन्य ठाउँमा पनि कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ ।

    नख्खुबाट सुरू भएको कारागार विद्रोहको आगो अन्य सल्किएको थियो ।

    कपिलवस्तु, सिन्धुली जेल, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागारबाट पनि अधिकांश कैदी भगाइएको छ । मोरङ कारागारमा कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्‍यो ।

    विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।

    नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij