Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा र कर्फ्यु

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा र कर्फ्यु

  • काठमाडौं । कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर नै कर्फ्यु आदेश जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

    AGNI GROUP

    जारी आदेशअनुसार तीन जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न पूर्णतः निषेध गरिएको छ । प्रशासनले बिहान १० देखि बेलुकी ५ सम्म निषेधाज्ञा र साँझ ७ देखि बिहान ६ सम्म कर्फ्यु आदेश लागु हुने जनाएको छ ।

    साथै आवश्यक सेवा तथा कार्यका लागि बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।

    dao1757586017.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij