Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले विकसित घटनाक्रमबाट उत्पन्न पछिल्लो परिस्थितिमा उपभोग्य सामग्रीहरूको अभाव हुन नदिन आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै निर्वाध रूपमा पेसाव्यवसाय गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरोकारवालाई अनुरोध गर्दै बजारमा सामान अभाव हुन नदिन सदस्यहरूलाई आग्रह गरेको हो ।
गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्पm महासंघले देशैभरका सबै उद्यमी व्यवसायीहरूमा आग्रह गरेको छ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवम् वस्तुगत संघहरूले अनुगमन गर्न पनि महासंघले आग्रह गरेको छ ।
‘निषेधाज्ञा एवम् कर्फ्युका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरूको आवतजावत एवम् वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलपूmल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि आग्रह गर्दछौँ,’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवम् महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका महासंघ आग्रह गर्दछ ।’
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको र त्यसबाट अर्बौँ रूपैयाँ बराबरको क्षति भएको महासंघको अनुमान छ । यसबारे महासंघले थप विवरण सङ्कलन गरिरहेको भए पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको तथा यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भइ युवा पुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढने अपेक्षा महासंघले गरेको छ ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij