Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय

प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय

  • काठमाडौं । जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  ।

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् ।

    AGNI GROUP

    सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए ।

    उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइको लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा सयुक्त टोली भएर सरसफाई गरिरहेका छौ । ट्राफिकहरु सवारी आवतजावत व्यवस्थापनको लागि एकदमै जरुरी छ । स्थानीयहरुले अग्रता देखाउनु भएको छ र उहाँहरुकै अग्रतामा हामी काम गरिरहेका छौ । यसले सकारात्मक नै सन्देश जान्छ भन्ने लाग्छ ।’

    यस्तै, स्थानीय सुनिल केसीले आन्दोलनमा नहुनुपर्ने कामहरु पनि भएको भन्दै अब यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

    उनका अनुसार प्रहरी कार्यालयलाई सूचारु गरेर जनतालाई सेवा सुविधा दिनको लागि सफाइ गर्नुपर्ने भन्दै स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाईको अभियान सुरु गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij