Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

जेनजी परिवारका सदस्य भन्छन् ः मृतकहरुलाई सहित घोषणा गरिनुपर्छ

जेनजी परिवारका सदस्य भन्छन् ः मृतकहरुलाई सहित घोषणा गरिनुपर्छ

  • काठमाडौं । जेनजी समूहले आब्हान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएको जेनजीहरुको परिवारहरुले न्यायको माग गरिरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार काठमाडौंमा हामीलाई न्याय चाहियो भन्ने नाराका साथ उनीहरुले न्यायको माग गरेका हुन् । भदौ २३ गते राज्य पक्षद्वारा क्रूरतापूर्वक अन्दाधुन्द गोली चलाउँदा एकै दिन १९ जनाको मृत्यु भएको थियो ।

    AGNI GROUP

    सोही क्रममा एकजना मृतकको परिवारको सदस्य रत्नमाया महर्जनले मृत्यु भएका युवाहरुलाई सहिद घोषणा गरेर क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । उनीहरुले माग पूरा भएमात्र शव बुझ्ने बताए ।

    उनले भनिन्, ‘बच्चा त गइसक्यो, शव भएपनि उठाउनु पर्यो । त्यसकारण उसलाई सहिद घोषणा गरेर क्षतिपूर्तीको व्यवस्था हुनुपर्छ ।’

    साथै, अर्का पीडित कमल सुवेदीले भने जेनजीहरुप्रति आक्रोस पोखेका छन् । उनले अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको छलफलमा रगत बगाउनेहरुको खोजी समेत पनि नभएको बताए ।

    उनले भने, ‘शव राख्ने राम्रो व्यवस्थापन छैन् । मृत्यु भएको पाँच दिन भइसक्यो शव कुहिने अवस्था भइसक्यो । घाइते भएका जेनजीका अस्पताल जानु पर्दैन्, घाइते हेर्नु पर्दैन् ? अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको जुन छलफल भइरहेको छ त्यसमा मृतकको परिवारहरुको पनि सहभागिता हुनुपर्छ । जसले रगत बगायो उनीहरुको खोजी गर्नु पर्दैन् ?’

    यसको साथै, मृतक उमेश महतको दिदी सुमित्रा महतले आफ्ना भाइको मृत्यु भएकामा दुःख पोख्दै यस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने कामना गरेकी छन् । आफ्नो भाइको बलिदानलाई खेर जान नदिन पनि उनले आग्रह गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij