Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नयाँ मन्त्रीको लिष्टमा सुमनाको सम्भावना कति छ ?

नयाँ मन्त्रीको लिष्टमा सुमनाको सम्भावना कति छ ?

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आफु अन्तरिम सरकारमा नजाने स्पष्ट गरेकी छन् । मिडिया र सामाजिक सञ्जालमा सुमना मन्त्री बन्न लागेको चर्चा शुरु भएपछि उनले आफु मन्त्रिमण्डलमा नजाने स्पष्ट गरेकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    सुमनाले नयाँ सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै यो सरकारलाई असफल हुने छुट नभएको बताएकी छन् । 

    AGNI GROUP

    उनले भनेकी छन्-   

    मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन,  पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु । सत्ता होइन, सेवा गर्ने ! कुर्सी होइन, कर्म गर्ने ! नाम होइन, काम गर्ने !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij