काठमाडौँ । म्याग्दीको बेनी-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।
आइतबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसेर सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।