Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

विराटनगरबाट करिब २६२ किलो गाँजासहित तीन जना पक्राउ

विराटनगरबाट करिब २६२ किलो गाँजासहित तीन जना पक्राउ

  • काठमाडौँ । विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब २६२ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१८ बस्ने श्याम कुमार यादव, सुनसरी घर भएका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् ।  

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारी सन्जु र निखिललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त गाँजा श्याम कुमारको हो भन्ने खुल्न आएपश्चात श्यामलाई विराटनगर महानगरपालिका-१८ आईसिपी रोडबाट प्रहरीले पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij