Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलामा सुख्खा पहिरो आएर अवरुद्ध बनेको सडक दुई तर्फी खुलेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार बिहान ९ बजे खसेको पहिरो डिभिजनबाट खटाएको यान्त्रिक उवकरण मार्फत हटाईसकेपछि अहिले आवागमन दुवैतर्फ संचालनमा आईसकेको जानकारी गराएको छ । वर्षातको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुँदा सावधानी पूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij