Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अर्थमन्त्रालयले तत्काल सवारीसाधन नकिन्ने, भएकाबाट चलाउने

अर्थमन्त्रालयले तत्काल सवारीसाधन नकिन्ने, भएकाबाट चलाउने

  • काठमाडौं । अर्थमन्त्रालयले तत्कालै कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ । आज पदभार ग्रहणपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सो कुरा बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्री खनालले तत्काल सवारीसाधन किन्न सक्ने अवस्थामा सरकार नभएको भन्दै भएकाबाटै चलाउन आग्रह गरे । साथै केही समयमा आगलागीका कारण कालो भएको अर्थमन्त्रालयलाई रङरोगन गरेर ‘हामी उठ्यौँ है’ भन्ने सन्देश दिन कर्मचारीहरुलाई आग्रह गरे ।

    AGNI GROUP

    नवनियुक्त मन्त्री खनालले आफूलाई व्यक्तिगत कामको बोझ नपार्न समेत आग्रह गरे । जेनजी आन्दोलनका क्रममा अर्थमन्त्रालयसहित सिंहदरबार भित्र र बाहिर रहेका मन्त्रालयमा समेत ठूलो क्षति पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij