Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।
मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ । जेन-जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निशानामा परेको थियो । धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij