Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका -९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारवटा चारपाङ्ग्रे गाडी, चारवटा मोटरसाइकल, सिसिटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij