Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । बझाङ बुंगल नगरपालिका तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा ३० वर्षीय रामचन्द्र जोशी र ३५ वर्षीय यज्ञराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
मङ्गलवार पक्राउ परेको दुवै जनालाई उपद्रो गर्न नहुने मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij