Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

सहिद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग

सहिद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग

  • काठमाडौं । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले सहिद घोषणा गरेको छ । स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    लहान नगरपालिकाले सहिद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त घोषणा गर्दै सहिद चौधरीकी चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए ।

    AGNI GROUP

    यसअघि नै सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति रु. १५ लाख राहत दिने निर्णय गरिसकेको छ ।

    गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । घटनाको नौ दिनपछि मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij