Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई घुससहित पक्राउ गरेको छ ।
गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) कार्कीले घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।
उनले यसअघि नै १ लाख रुपैयाँ घुस र रिसवत लिइसकेकाअवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं.९, मंगलगडी चोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij