Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेका छन् । नक्साल पुगेर उनले जेन-जी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । त्यस क्रममा उनले उच्च मनोबलसहित राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरीलाई निर्देशन दिए ।
गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ, तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।’
उनले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए । गृहमन्त्री अर्यालले कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशनसमेत दिए ।
उनले भने, ‘तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’
उक्त कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायत भर्चुअल माध्यममार्फत् उपस्थिति थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij