Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भाटभटेनीमा १० हजार कर्मचारी, कसैले गुमाउनु पर्ने छैन जागिर

भाटभटेनीमा १० हजार कर्मचारी, कसैले गुमाउनु पर्ने छैन जागिर

  • काठमाडौं । प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन् ।

    AGNI GROUP

    अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो ।भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो ।

    नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन । यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन् ।

    भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन् ।हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ ।

    कम्पनीका अनुसार भाटभटेनी सुपरस्टोरले वार्षिक ३७ अर्ब रुपैयाँ बराबरको व्यापार गर्ने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij