Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बूढानीलकण्ठ नगरपालिका: जलेका नोटमा कारोबार नगर्नू

बूढानीलकण्ठ नगरपालिका: जलेका नोटमा कारोबार नगर्नू

  •  काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जलेका नोटहरूबाट कारोबार भए गरेको पाइएमा नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा नेता र व्यवसायीका घर तथा प्रतिष्ठानमा भएको आगजनीका क्रममा जलेका नोटहरू भेटिएको भिडियोहरू सार्वजनिक भएका थिए ।

    AGNI GROUP

    बूढानीलकण्ठमा पनि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि जलेका नोट भेटिएको समाचार तथा भिडियोहरू आएका थिए । यद्यपि सभापति देउवाको सचिवालयले ती भिडियोलाई कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ ।

    प्रदर्शनकारीले आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्याएको समाचार सार्वजनिक भइरहेका बेला बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जलेका नोटमा कारोबार नगर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij