Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बबरमहलमा भेटियो बाघको मुर्ति र स्कुटर

बबरमहलमा भेटियो बाघको मुर्ति र स्कुटर

  • काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा देशभर प्रदर्शन भइरहेका बेला राजधानीको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै असामान्य दृश्य देखियो ।

    onlinepatrika
    Arghakhachi

    आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मुर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कुटर फेला परेपछि स्थानीयवासीहरूले तत्कालै सुरक्षित राखिदिएका छन् ।

    AGNI GROUP

    स्थानीय झलक पाण्डेले मन्दिर नजिक भेटिएको बाघको मुर्तिलाई भित्र राखिएको बताए । अर्का हिमाल मगरले बाटोमै अवरोध हुनेगरी लक गरि छाडिएको स्कुटरलाई सुरक्षित ठाउँमा राखिएको जानकारी दिए ।

    ती वस्तु कसले ल्याएको वा कसको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नआएको दिवस मगरले जानकारी दिए ।

    आन्दोलनको दिनमा भेटिएको बाघको मुर्ति र स्कुटर अहिले स्थानीयको निगरानीमा सुरक्षित छन्, तर यसको वास्तविक मालिक को हो भन्ने अझै खुल्न सकेको छैन । मुर्ति दुर्गामाता मन्दिरभित्र सुरक्षित राखिएको छ भने स्कुटर मेघा कलेज नजिकै रहेको छ । यो स्कुटी कोही कसैको हो भने प्रमाण देखाएर लैजान आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij