Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । पूँजी बजारका समस्या पहिचान गरी सुधारका लागि सुझाव दिन अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन् ।
पूँजी बजारमा देखिएका विसंगति र समस्याको अध्ययन गरी, आम लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारबारे ठोस सुझावसहित कार्यान्वयन योग्य कार्ययोजना बनाउन उक्त कार्यदल गठन गरिएको एक अधिकारीले प्रशासनलाई जानकारी दिए ।
कार्यदलले ५ दिनभित्र कार्ययोजना पेस गर्नेछ । धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यवाहक कार्यकारी निर्देशक निरन्जन फूयाँल सदस्य र अर्थ मन्त्रालयका उपसचिव टंक प्रसाद पाण्डेय सदस्य–सचिव रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij