Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । ‘जेनजी’ आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको हेटौँडा यातायात व्यवस्था कार्यालय जोगिएका सामान प्रयोग गरी सेवा सञ्चालनको तयारीमा छ ।
आगजनीले कार्यालयको भुइँतला र माथिल्लो तला पूर्ण रूपमा नष्ट गरिसकेको भए पनि पहिलो तला सुरक्षित रहेको छ ।
कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार सुरक्षित कोठामा राखिएका टेबल–कुर्सी प्रयोग गरी तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । उनले बताएअनुसार, आगजनीबाट करिब ७० हजार सेवाग्राहीका फाइल जलेर नष्ट भएका छन् ।
भुइँतलामा भएको खरानी सफा गर्ने काम भइरहेको छ भने पहिलो तला र कार्यकक्षमा सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ ।
विद्युत्, इन्टरनेट र खानेपानीको जडान क्षतिग्रस्त भएकाले तत्काल मर्मत भइरहेको छ । प्रमुख श्रेष्ठले भने, ‘विद्युत् र इन्टरनेट जडान सकिएपछि दर्ता, नवीकरण र रोड प्रमिट लगायतका सेवाहरू सुरु गर्ने योजना छ। आवश्यक कागजात छपाइ र विद्युतीय सामान खरिदको काम पनि भइरहेको छ।’
प्रारम्भिक अनुमान अनुसार आगजनीबाट करिब १ करोड २० लाख मूल्य बराबरको क्षति भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij