Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धरानको २ अर्ब २० करोडको बजेट सार्बजनिक

धरानको २ अर्ब २० करोडको बजेट सार्बजनिक

  • धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    शनिबार बसेको १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट पेश गरेका हुन् ।

    AGNI GROUP

    बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारको अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदान ७ करोड ६३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २  करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

    नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको छ ।

    नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij