Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सोह्र श्राद्ध आज समापन गरिँदै, भोलिदेखि दसैँ सुरु

सोह्र श्राद्ध आज समापन गरिँदै, भोलिदेखि दसैँ सुरु

  • काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज औँसी तिथिमा तर्पण, सिदादान र पिण्डदानसहित समापन हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    धार्मिक विश्वासअनुसार पितृपक्षका १५ दिन र आश्विन शुक्ल प्रतिपदासहित १६ दिनसम्म दिवङ्गत पितृलाई सम्झेर श्राद्ध गर्ने परम्परा छ । यसैले यसलाई सोह्रश्राद्ध भनिन्छ ।

    AGNI GROUP

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार कुनै कारणवश समयमा श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिने प्रावधान छ । अझै गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजासम्म, अन्तिममा भने वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने धार्मिक मान्यता छ ।

    श्राद्ध विधिपूर्वक नगर्दा पितृ असन्तुष्ट भई सन्तानलाई श्राप दिने विश्वास हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुजस्ता धर्मग्रन्थमा उल्लेख गरिएको छ । त्यसैले यस अवधिमा पिण्ड, जल र श्रद्धाभावका साथ पितृलाई सम्झनु अपरिहार्य मानिन्छ ।

    आज उपत्यकाको गोकर्णेश्वर, नुवाकोट-रसुवाको बेत्रावती, चितवनको देवघाट, नवलपरासीको त्रिवेणीलगायत तीर्थस्थलमा श्राद्ध गर्न आएका श्रद्धालुहरूको घुइँचो देखिएको  छ ।

    पितृपक्षको समापनसँगै भोलि ६ असोज सोमबार घटस्थापनादेखि दुर्गापक्ष अर्थात् बडादसैँ औपचारिक रुपमा सुरु हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij