Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बेलायतले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै

बेलायतले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै

  • काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने अपेक्षा गरिएको छ । यसलाई बेलायती विदेश नीतिमा ठूलो परिवर्तन मानिएको छ ।

    onlinepatrika
    Arghakhachi

    गत जुलाईमा स्टारमरले यदि इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरूमा सहमत भएन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए ।

    AGNI GROUP

    बेलायती मिडियाहरुले प्रधानमन्त्री स्टारमरले आज प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने उल्लेख गरेका छन् ।

    बेलायतको यो कदमको इजरायली सरकार, बन्धकहरूका परिवारहरू र केही कन्जरभेटिभ राजनीतिज्ञहरूले कडा आलोचना गरेका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिले नै यस्तो कदमले आतंकवादलाई पुरस्कृत गर्ने बताएका छन् ।

    यद्यपि, बेलायती मन्त्रीहरूले दीर्घकालीन शान्ति सम्झौताको लागि आशा जीवित राख्न कारबाही गर्नु नैतिक जिम्मेवारी भएको बताउदै आएका छन् । गाजामा भोकमरी र हिंसा बढेपछि प्रधानमन्त्री स्टारमरले 'असहनीय' भनेर ब्याख्या गरिसकेका छन्।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij