Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बाटिका टोलमा सुरक्षाको नयाँ पहल, सीसी क्यामरा जडान

बाटिका टोलमा सुरक्षाको नयाँ पहल, सीसी क्यामरा जडान

  • ललितपुर । स्थानीयस्तरमै सुरक्षाबारे सचेतना बढ्दै जाँदा बाटिका टोलमा नयाँ पहल भएको छ। विभिन्न सामाजिक सक्रियतामा अघि बढेको बाटिका टोल सुधार समितिले एकजुट प्रयासमार्फत टोल क्षेत्रमा सीसी क्यामरा जडान गरेको छ। यस अभियानलाई टोलवासीले सुरक्षाको दृष्टिले ठूलो उपलब्धि मानेको सदस्य सूर्य राईले बताए । 

    onlinepatrika
    Arghakhachi

    समितिका सचिव गणेश घलेका अनुसार, यो कदम आफ्नै घरदैलोबाट सुरक्षाको शुरुवात गर्ने सोचअनुसार अघि बढाइएको हो। “हामीले टोललाई सुरक्षित बनाउन पहल थालेका हौं। सुरक्षाबिना विकासका अन्य योजनाहरू पनि चुनौतीपूर्ण हुन्छन्,” घलेले बताए । उनका अनुसार, क्यामरा जडानपछि टोलमा शंकास्पद गतिविधिहरू नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

    AGNI GROUP

    स्थानीयले पनि एकजुट भएर टोल सुधारमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। यसरी सामुदायिक एकता र सहकार्यबाट अघि बढेको बाटिका टोलको प्रयासले अन्य टोल तथा बस्तीहरूलाई पनि प्रेरणा दिने देखिन्छ।

    सुरक्षा नै पहिलो प्राथमिकता

    समितिका अध्यक्ष डा. आशकुमार राईले पनि सबैको सहकार्यका कारण यो पहल सफल भएको जनाए। “जब हामी सबै एउटै उद्देश्यका लागि जुट्छौं, धेरै कुरा सहज हुन्छ। यसपटक हामीले सुरक्षा पहिलो प्राथमिकता बनाएका छौं,” उनले भने। अध्यक्ष राईका अनुसार, सुरक्षाको आधार तयार भएपछि टोलमा अन्य विकासका कार्यलाई पनि सहजै अगाडि बढाउन सकिनेछ।

    स्थानीय बासिन्दाले क्यामरा जडानले टोललाई थप अनुशासित र सुरक्षित बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। अपराध वा विवादजन्य घटनाहरू घटाउन यस्ता प्रविधिक साधन प्रभावकारी हुने अनुभव अन्य ठाउँमा भइसकेको छ। त्यसैले बाटिका टोलमा गरिएको यो पहललाई आदर्श कदमका रूपमा पनि हेरिएको छ। साथै, ललितपुर वडा १४ मा रहेको बाटिका टोल सुधार समितिको यो प्रयासलाई वडाध्यक्ष अमृतजंग महत्तले सराहनीय मानेका छन् । महत्तले अनलाइन पत्रिकालाई भने, टोलसुधारका अन्य कुनै सामाजिक कार्यमा हामीले पनि सघाउनेछौं । 

    समितिले आगामी दिनमा टोल सरसफाइ, सडक बत्ती जडान र सामुदायिक गतिविधिहरूलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। तर अहिलेको अवस्थामा सुरक्षा सुदृढीकरण नै सबैभन्दा जरुरी ठानिएकाले त्यसैलाई पहिलो कदमका रूपमा अघि सारिएको हो।

    स्थानीयले पनि एकजुट भएर टोल सुधारमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। यसरी सामुदायिक एकता र सहकार्यबाट अघि बढेको बाटिका टोलको प्रयासले अन्य टोल तथा बस्तीहरूलाई पनि प्रेरणा दिने देखिन्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij