Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । गत भदौ २४ गते नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जेनजी आन्दोलन उग्र बनेपछि नख्खु कारागारमा रहेका सन्तबहादुर तामाङ अन्य कैदीसँगै फरार बनेका थिए ।
काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थायी घर भएका तामाङले ३० वर्षीया श्रीमती मनिषा ध्यावा तामाङको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ ।
यसअघि जबरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए । ३१ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी घटनास्थल पुगेर त्यहाँको अनुसन्धान अघि बढाएको छ । भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा नख्खु कारागारमा रहेका सबै कैदीबन्दी भागेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij