Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तोकिएको भन्दा बढी भाडा नलिनु : अध्यक्ष राई

तोकिएको भन्दा बढी भाडा नलिनु : अध्यक्ष राई

  • काठमाडौं । दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सम्पूर्ण यातायात श्रमिकहरुलाई अनुरोध गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज दशैको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरीका रुट पर्मिट (बाटो इजाजतपत्र) असोज २२ गतेसम्म खुल्ला गरेको छ ।

    AGNI GROUP

    चाडको बेला यात्रुहरुसंग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरु विगतमा आउने गरेकाले यस्ता गुनासोहरु आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनैपनि यात्रुसंग नलिन संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरहरुलाई अपिल गरेका हुन् ।

    अध्यक्ष राईका अनुसार हामी सेवा प्रदान गर्ने श्रमजीवी भएकाले राज्यले निर्माण गरेको नीति र विधिका आधारमा सेवा प्रदान गर्नु श्रमिकहरुको दायित्व भएको बताए । एक जना मजदुरले कुनै यात्रुसंग एक रुपैया मात्रै बढी भाडा लिएको सन्देश प्रवाह भएमा देशभरीका यातायात मजदुरहरुको बदनाम हुने भएकाले श्रमिकहरुको प्रतिष्ठाका लागि पनि त्यस्तो कार्य नगर्न अनुरोध गरिएको अध्यक्ष राईले बताए ।

    नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सरोकारवालाहरु सहितको छलफलका आधारमा गत वर्ष पुस २२ गते निर्धारण गरेको देशभरीको रुटहरुको भाडादर नै अहिलेको आधिकारिक भाडा भएकाले सोही अनुसार यात्रुहरुबाट भाडा लिन र सोही अनुसार टिकट काट्न संगठनले सबै मजदुरहरुलाई आग्रह गरेको अध्यक्ष राईले बताए ।

    यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नर्मल, डिलक्स र सुपर डिलक्सका आधारमा निर्धारण गरेको भाडादर सबैले आ आफ्नो सवारीसाधनमा र बुकिङ काउन्टरहरुमा सबै यात्रुहरुले देखिनेगरी टास्न र सोही अनुसार भाडा लिन र टिकट काट्न संगठनले श्रमिकहरुलाई आग्रह गरेको छ ।

    यात्रुसँग बढी भाडा लिएको उजुरीपरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (थ) को कसुर अनुसार कानुनी कारबाही समेत हुनसक्ने भएकाले यसबारे सबै श्रमिकहरु सजग हुनुपर्ने संगठनले आह्वान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij