Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाल लिफ्टस प्रालिले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सबै लिफ्ट निस्शुल्क बनाइदिने घोषणा गरेको छ । तोडफोड तथा आगजनीमा परेर बिग्रिएका सबै लिफ्ट तथा एस्केलेटर्सको निःशुल्क मर्मत सम्भार गर्ने घोषणा गरेको हो ।
दुई दशकदेखि नेपालमा एलिभेटर तथा एस्केलेटरको व्यापार गर्दै आएको नेपाल लिफ्ट्सले एसिया फुजीसँगको सहकार्यमा यो अभियान अगाडि सारेको हो ।
‘सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान अगाडि बढाउने हामीले निर्णय गरेका छौं’, नेपाल लिफ्टस् प्रालिका प्रबन्ध निर्देशक निरज श्रीवास्तवले भने, ‘जेन्जी आन्दोलनले देश परिवर्तनको कोसिस गरेको छ, आन्दोलनका क्रममा भौतिक क्षति हुनु दुस्खद् भएपनि यो भैसक्यो अब देशलाई पुननिर्माणको खाँचो छ । जसमा हामी सहयात्री बन्न चाहन्छौं ।’
जेन्जी आन्दोलनका क्रममा क्षति भएका सबै सरकारी तथा निजी भवनका लिफ्टहरुको आवश्यक मर्मत सम्भार गर्ने नेपाल लिफ्टसको तयारी छ।
नेपाल लिफ्ट तथा एसिया फुजी बाहेकका लिफ्टको हकमा भने मर्मत सम्भारमा लाग्ने स्पेयर्स पार्टस् सम्बन्धित कम्पनी वा भवन धनीले उपलब्ध गराउनु पर्नेछ । तर, यसको मर्मतमा लाग्ने सम्पूर्ण शुल्क तथा प्राविधिक जनशक्ति नेपाल लिफ्टस्ले उपलब्ध गराउनेछ ।
यो अभियानका लागि नेपाल लिफ्टसको हटलाइन ९८५१०३८७७६ वा ९८५१२३८७७६ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij