Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेनजी आन्दोलनको मौकामा केन्द्रीय कारागार काठमाडौँबाट गत भदौ २४ गते फरार भएका कैदी रुद्रबहादुर तामाङलाई ओखलढुङ्गामा प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ घर भएका तामाङ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए ।
कारागारबाट फरार भएपछि तामाङलाई प्रहरीले खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी प्राप्चाबाट खटिएको टोलीले मोलुङ गाउँपालिका–५ बाट तामाङलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij