Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बाढीपहिरो

अवरुद्ध मुख्य राजमार्गहरू

अवरुद्ध मुख्य राजमार्गहरू

  • काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कोशी राजमार्ग, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वी लोकमार्ग तथा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ।

    onlinepatrika
    Arghakhachi

    नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा ती राजमार्गमा अवरोध हुँदा यात्रुहरू अलपत्र परेका छन् । सोमबार १२:२० बजेसम्म यी सडकहरू अवरुद्ध बनेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

    AGNI GROUP

    प्रहरीले जारी गरेको सूचना अनुसार बाढीका कारण उत्तरगया गाउँपालिका-५ नोबिसेस्थित गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक एकतर्फी सञ्चालनमा छ ।

    यसैगरी बागलुङको बागलुङ नगरपालिका-१३ कालाखोलामा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा छ ।

    बाढीपहिरोका कारण नवलपरासी पूर्वमा गैडाकोट नगरपालिका-३ स्थित तरङखोला, विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विश्वकर्मा मन्दिर र पैसठ्ठीमोडमा पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा छ ।

    यसैगरी रुकुमको भुमे गाउँपालिका-४ काँडाबगरमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जारी गरेको सूचनामा छ ।

    सूची :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij